अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४
| Colorodo: 00:49
साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार घटेर बन्द भएको छ । बजार ३.२३ अंकले घटेर १२२७.३७ बिन्दुमा झरेर बन्द भएको हो । हिजो बजार १० अंकले घटेको थियो ।
आज व्यापार समूहको परिसूचक १.६९, फाइनान्स १.३६ र जीवन बीमा समूहको परिसूचक ०.५५ अंकले बढेको भएपनि कारोबारमा आएका बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा धेरे होटल समूहको परिसूचक २६.६९ अंकले घटेको छ ।
एक सय ६५ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा एनएमबी बैंकको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ ।