अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 23:29

महासङ्घका अध्यक्ष राणा र नेपालका लागि फ्रान्सका राजदूत बिच महासङ्घ सचिवालयमा भेटवार्ता

बिआरटीनेपाल २०७५ असोज १७ गते ११:१३ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजे (Francois-Xavier Leger, Ambassador of France to Nepal) बिच आज महासङ्घ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । सो भेटवार्तामा नेपाल र फ्रान्स बिचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो । 

भेटवार्तामा राजदूत लेजेको महासङ्घ सचिवालयमा स्वागत गर्नुहुँदै महासङ्घका अध्यक्ष राणाले दुई देश बिचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडी बढाउन आर्थिक कूटनीतिमा जोड दिनु भयो । अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी सम्भावित क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गर्नुभयो । उक्त भेटवार्तामा अध्यक्ष राणाले नेपालमा विशेष गरेर कृषि, पर्यटन, ऊर्जा, भौतिक पूर्वाधार लगायतका विषयमा लगानीको सम्भावना धेरै रहेको जानकारी गराउनुभयो ।

राजदूत लेजेले फ्रान्स र नेपाल बिचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु हुँदै नियमित रूपमा व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरूपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिनुभयो । भेटवार्तामा महासङ्घका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू