अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 21:20

म्यानमारलाई नेपालले ८ विकेटले हरायो

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:३१ मा प्रकाशित

म्यानमानरलाई सहजै पन्छाउँदै नेपालले आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा विजयी सुरूवात गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३ ओभरमा पुरा गरेको हो । यसअघि म्यानमारमाथि नेपालले २ बलमा खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो ।

२००६ अगस्ट २० तारिकमा म्यानमारविरुद्धको खेलमा नेपालले विश्व रेकर्ड बनाएको थियो । सन् २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको हो । उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा शुरु भएको छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन् । यी सबै टोलीले एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् । जसमा पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।

विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी–२० विश्वकपको लागि टिकट पाउने छ । नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।

प्रतिक्रिया