अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 11:31

भारत अमेरिकासंग ब्यापार सम्झौताबारे छलफल गर्न तयार रहेको राष्ट्रपति ट्रम्पको खुलासा

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकासंगको ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार रहेको वताउनुभएको छ । राष्ट्रपति ट्रम्पले भारतलाई ‘टेरिफ किङ’को संज्ञा दिंदै उसलाई अमेरिकासंग तत्काल वार्ता गर्न सुझाव समेत दिनुभयो । ह्वाइट हाउसमा बोल्दै उहाँले अमेरिकासँग भारतको उक्त आशय खुलासा गर्नुभएको हो ।

अमेरिका र भारतबीच ब्यापार अन्तर २५ अर्ब डलर बराबरको रहेको छ । ट्रम्पको भनाइप्रति भारतले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबीच भएको ब्यापारिक सम्झौता अमेरिकी कलकारखानमा काम गर्ने मजदुरका लागि फलदायी साबित हुने दावी गर्नुभएको छ । यो सम्झौताले अमेरिकी मजदुरले रोजगारी पाउने ट्रम्पले ठहर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू