अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 11:44

चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी तासुकु होन्जोलाई दिइने

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:२४ मा प्रकाशित

यस वर्षको चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी तासुकु होन्जोलाई दिइने भएको छ । क्यान्सर उपचार बारे उनीहरूले गरेको परिवर्तनकारी अध्ययनका लागि यो पुरस्कार दिइने भएको हो । सोमबार स्वीडेनमा आयोजित कार्यक्रममा नोबेल समितिले पुरस्कार घोषणा गरेको हो । यी दुई वैज्ञानिकले क्यान्सर लागेको कोषसँग लड्न कस्तो किसिमको प्रतिरोधी क्षमता विकास गर्नुपर्छ भन्नेबारे छुट्टाछुट्टै अध्ययन गरेका थिए ।

उता साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई भने स्वीडेन अदालतले बलात्कार आरोपमा दुई वर्ष जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टि भएको बताएको छ । आर्नोल्टकी पत्नी स्विडिस एकेडेमीकी सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्छ । यिनै दुई विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ।

हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको थियो । स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू