अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१०
| Colorodo: 05:25
महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार मालपोत कार्यालय, चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई पक्राउ गरेको छ ।
उनीहरूमाथि बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको अभियोग छ ।
पक्राउ पर्नेमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् ।
प्रहरीले उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरेको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।