अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७
| Colorodo: 23:02
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कार लगायतका जघन्य अपराध नियन्त्रणका लागि सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज काठमाण्डौमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ उद्घाटन गर्दै पोखरेलले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कारबाही गर्न सरकारले सक्दो पहल गरिरहेको वताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागी परेको पनि स्पष्ट पार्नुभएको छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनीकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।