अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 09:34

यु–१९ एसिया कपः नेपाल भारतसंग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:४५ मा प्रकाशित

यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ । बंगलादेशमा शनिबार सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै मात्र १ सय ३३ रन वनाउन सफल भयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय ४ सय रनको स्कोर खडा गरेको थियो । नेपाल प्रतियोगिताको अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । अब नेपालले दोस्रो खेलमा अक्टोबर १ मा अफगानिस्तानसँग र अक्टोबर २ मा युएईसँग खेल्ने छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू