अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 11:06

इन्डोनेसियाको सुलावेँशीमा भूकम्प र सुनामी– कम्तीमा ४ सय जनाको ज्यान गयो

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:४३ मा प्रकाशित

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ सय पुगेको छ । सुलावेसी क्षेत्रमा गएको भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा ४ सय जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । प्रकोपमा परेका अन्य सयौं जनाको अस्पतालमा उपचार भइरहेको वताईएको छ ।

प्रकोप व्यवस्थापनसम्बन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार मृत्यु हुने अधिकांश पालु क्षेत्रको रहेको र मृत्यु हुनेहरुको संख्या अझ बढ्नसक्ने जनाईएको छ । भुकम्प र सुनामीका कारण प्रभावित क्षेत्रमा विद्युत् तथा सन्चार सेवा अवरुद्ध भएका छन् भने पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध वनेका छन् । शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु सहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको समाचार छ ।

इन्डोनेसियाको तटीय सहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि शक्तिशाली सुनामी पनि आएको हो । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता र स्वयंसेवक लगायतको सहभागितामा भुकम्प र सुनामीप्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू