अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 03:48

निर्मला पन्त हत्या प्रकरणः समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:२७ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा नागरिक दबाब कार्यक्रम अन्तर्गत शनिबार मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

घटनाको दुई महिना भइसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै प्रदर्शनका सहभागीले गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनाको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया