अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८
| Colorodo: 09:43
अफ्रिकी मुलुक नाइजेरियामा भीषण बाढीका कारण कम्तीमा २ सय व्यक्ति मारिएका छन् । नाइजेरियाको राष्ट्रिय आपतकाल व्यवस्थापन एजेन्सीले देशका विभिन्न १२ राज्यहरु बाढीबाट प्रभावित हुँदा कम्तिमा २ सय जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
ठूला नदीहरु नाइजर र बेनेले तटबन्ध भत्काँउदा यती ठुलो मात्रामा मानिसको ज्यान गएको हो ।
वाढीका कारण लाखौं मानिस घरवारविहीन बनेका छन् भने हैजा फैलिएको मध्य तथा दक्षिणी राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । बोर्नो र योबे राज्यमा हैजाबाट मात्रै पछिल्लो दुई हप्तामा कम्तिमा ९७ जनाले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।