अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३
| Colorodo: 21:28
प्रधानमन्त्री केपी शर्मा ओलीले र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस वीच भेटवार्ता भएको छ । उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ । उहाँहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको वताईएको छ ।
भेटमा महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता दोहो¥याउनुभएको थियो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्रसङ्घको सहयोग र भूमिकाप्रति कृतज्ञता प्रकट गर्नुभयो ।