अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९
| Colorodo: 00:34
नेपालका चर्चित गायक राजेश पायल राईको आवाज रहेको तिमीले लाको बोलको गीत सार्वजनिक भएको छ । गीतमा राईलाई प्रिया थापाले आवाजमा साथ दिएकी छिन् भने तेजप्रसाद पाण्डेको शब्द तथा सुरेश सेन्चुरीको सङ्गीत रहेको गीतलाई धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई रोहित जोशीले निर्देशन गरेका हुन् । साया भण्डारी, नीरज गिरी र दीप खड्काको अभिनय रहेको भिडियोलाई अशोक कार्कीले खिचेका हुन् ।