अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 12:18

चीनले अमेरिकी मध्यावधि निर्वाचनलाई हस्तक्षेप गर्न खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको जीकिर गर्नुभयो । परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्पले यस्तो आरोप लगानुभएको हो ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ । चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गर्नुभएको छ । विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दख्खल नदिने स्पस्ट समेत पार्नुभएको छ । चीनले हमेशा दोस्रो देशको घरेलु मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको भन्दै विदेशमन्त्री यीले यस्ता आरोप स्वीकार नगर्ने जवाफ दिनुभयो ।

मा अमेरिकामा आगामी नोभेम्बर ६ मा मध्यावधि निर्वाचन हुँदैछ । चीनले चुनावमा हस्तक्षेप गर्न खोजेको ट्रम्प प्रशासनको यो पहिलो आरोप भने होइन । पछिल्लो महिना अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले रुस, उत्तर कोरिया, इरान चीनले अमेरिकी चुनावमा हेरफेरको योजना बनाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू