अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 09:55

अमेरिकाको ईतिहाँसमा आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै काम गरेको ट्रम्पको दावी

बिआरटीनेपाल २०७५ असोज १० गते ९:४५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले अमेरिकाको इतिहासमै आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै काम गरेको दावी गर्नुभएको छ । अमेरिका अहिलेजति बलियो, धनी र सुरक्षित ईतिहाँसमा कहिल्यै नभएको ट्रम्पको जिकिर गर्नुभयो । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सार्नुभयो ।

राष्ट्रपति ट्रम्पले यसो भनिरहँदा महासभाका सहभागीहरु एकसाथ हाँसेपछि ट्रम्प भने केही अलमलमा पर्नुभएको थियो । तर तत्कालै परिस्थितिलाई सामान्यीकरण गर्दै उहाँले त्यस्तो प्रतिक्रियाको अपेक्षा नगरेको टिप्पणी गर्नुभयो । सम्वोधनको क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको नरम र चीनसँगको पछिल्लो कडा व्यवहारको बचाउ समेत गर्नुभयो ।

अमेरिकाले प्रत्येक देशको आफ्नो परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गरिरहेको उल्लेख गर्दै उहाँले अन्य देशलार्ई कसरी बस्ने , काम गर्ने र कसको पूजा गर्ने भन्ने विषयमा अमेरिकाले नसिकाउने प्रष्ट पार्नुभयो ।अन्य शक्ति राष्ट्रहरुलार्य अमेरिकाको सम्प्रभूताको सम्मान गर्न ट्रम्पको आग्रह थियो ।

सम्वोधनमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनको समेत आलोचना गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनका तर्फबाट अब अमेरिकाले थप ‘उत्पीडन’ सहन नसक्ने उहाँले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू