अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 20:25

तान्जानियामा डुंगा दुर्घटना, १०० बढीको मृत्यु, दर्जनौं वेपत्ता

बिआरटीनेपाल २०७५ असोज ५ गते १०:०२ मा प्रकाशित

तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको डुंगा दुर्घटनामा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दर्जनौं वेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

त्यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुंगा दुर्घटना भएको थियो । दर्जनौंको सङ्ख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने भन्दै मृतकको संख्या अझै वढ्न सक्ने अनुमान गरिएको छ ।

तान्जानियाको सरकारी निकायका अनुसार यस डुंगामा कति व्यक्ति सवार रहेका थिए भन्ने स्पष्ट भएको छैन । डुंगा दुर्घटनाको कारण हालसम्म थाहा नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमताभन्दा बढी व्यक्ति डुंगामा सवार रहेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू