अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 07:55

सवारी चालकको आन्दोलन अनियन्त्रित, सहकर्मीलाई जुत्ताको माला

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:३७ मा प्रकाशित

मुलुकी संहिताको विरोधमा आन्दोलनरत सवारी चालकहरुले बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका छन् । बन्दका कारण विभिन्न जिल्लामा सार्वजनिक यातायातका साधनहरु निकै कम चलेका छन् । सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।

उसका अनुसार आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्रौटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाएका छन् । पूर्वघोषित कार्यक्रम सवारीको चाबी बुझाउने भएपनि चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले भने मजदुरलाई कसैले भड्काएको वताउनुभएको ।

मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ देखि १२ वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रचार भएको उहाको भनाई छ । निर्दोष चालकहरु जेल गइहाल्नु पर्ने अवस्था नरहेको तर, ऐनमा नभएको कुरा प्रचार गरेर मजदुरहरुलाई भड्काइएको उहाँले वताउनुभयो । यातायात मजदुरहरुको आवरणमा गलत तत्वले उदण्डता मच्चाउने काम गरिएको संगठनले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू