अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड -प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ भदौ २० गते ७:०१ मा प्रकाशित

प्रेस विज्ञप्ति

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबिच काठमाडौँ–कुलेखानी–हेटौडा सुरुङ मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनको निमित्त मिति २०७५/४/९ गते (July 25, 2018) मा संयुक्त विकास सम्झौता {Joint Development Agreement (JDA)} सम्पन्न भएको छ ।
पावरचाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५% सम्म लगानी गर्ने सहमति गरेको छ । साथै पावरचाइनाले ७५:२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेस गरी सकेको छ । पुनरावलोकन पश्चात् यस परियोजनामा सडकको कूल लम्बाइ मध्ये ४४% सुरुङ तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भ मैत्री रहने विश्वास कम्पनीले लिएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विचारमा यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने छ ।
सन् २०१५ डिसेम्बरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरूप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) सम्मेलनको अवसरमा EPC Contract मा हस्ताक्षर गर्न सफल भएको थियो । उक्त हस्ताक्षर समारोहको अवसरमा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री कृष्ण बहादुर महराको समेत उपस्थिति रहेको थियो ।

विश्व प्रसिद्ध पावर चाइना कम्पनीको सिनो हाइड्रोजन लगायत ९८ वटा सहायक कम्पनीहरू रहेका छन् । पावर चाइना सिनो हाइड्रोजन मार्फत नेपालमा विगत ३० वर्ष देखि जल विद्युत् तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावर चाइना कम्पनीबिच भएको उक्त सम्झौता पत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेस गरी सकेको छ । साथै यस परियोजनामा केन्द्रीय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

यसै परिप्रेक्षमा निजी क्षेत्रद्धारा प्रवर्द्धन र सार्वजनिक निजी साझेदारी (PPP) मोडेलमा बन्ने यो आयोजनाको निर्माण कर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको यही मिति २०७५/५/१९ गते मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा श्री भवन भट्टलाई यस कम्पनीको अध्यक्ष चयन गरेको छ । भट्ट गैर आवासीय नेपाली सङ्घका अध्यक्ष समेत हुन । साथै बैठकले यही पौष महिनामा यस कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

आज्ञाले
कम्पनी सचिव
प्रताप सिंह ठकुराठी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू