कुनै एक समयमा एक जना धनी केटाको एक गरिब केटीसँग प्रेम हुन्छ लामो समाएको प्रेम पछि केटीलाई केटी केटा निक्कै धनी भएको थाह हुन्छ । केटीले केटालाई अबबाट हामी नभेट्ने कुरा जानकारी गराउदछिन । केटा निकै गम्भीर भएर सोध्छ केटीले धनी केटा र गरिब बिचको फरक सम्बन्ध लामो समय नहुने कुरा उल्लेख गरेर बिदा हुन्छिन् तर केटाले भने साँचो प्रेम गरेको कारण केटीसँग कुनै पनि हालतमा बिहे गर्ने निधो गरेर आफ्ना बाबा आमालाई केटीको हात माग्न पठाउँछ र अन्त त बिहे हुन्छ ।
एवम् रीतले समय बित्दै जान्छ केटा र केटी बिचको माया प्रगति रहिरहन्छ । तर एक दिनको कुरा हो केटीलाई छाला सम्बन्धी रोग लागेको पत्ता लाग्दछ । केटी निक्कै दुखी हुन्छिन् आफ्नो दिन प्रति दिन घट्दै गरेको सौन्दर्येताको कारण आफ्नो श्रीमानले अर्की श्रीमती बिहे गर्छ भन्ने डरले उसले हरेक कोसिस गर्छिन् तर त्यो कोसिस बेकार हुन्छ अन्त त उनी कुरूप हुन्छे । श्रीमतीको हरेक कोसिस नजिकबाट हेरेको श्रीमान् कामको सिलसिलामा बाहिर गएर घर फर्कँदै गर्दा ठुलो कार दुर्घटनामा पर्दछन् र आफ्ना दुवै आँखाको ज्योति गुमाउन पुग्दछन् ।
आँखा नदेख्ने भए पछि कुरूप श्रीमती भए पनि उसको मायामा कुनै कमी आउँदैन झन् झन् माया बढ्दै जान्छ । समयसँग सँगै रोगले गाल्दै जान्छ र श्रीमतीको मृत्यु हुन्छ । श्रीमानलाइ खपी नसक्नु पिडा हुन्छ । एक दिन त्यो श्रीमान् त्यो ठाउँ नै छोडेर जाने निर्णय गर्छ र त्यहीबाट हिँड्छ । बाटो उसलाई गाउलेहरुले सोद्छन तिमीले तिम्रो हरेक कुरा गुमाई सकेऊ र त्यसम्याथी पनि तिमि अन्धा छौ यस्तो अवस्थामा तिमि कहाँ जान्छऊ भनेर सोधे । उसले गाउलेहरु तिर फर्केर हेर्यो र भन्यो म कुनै अन्धो होइन मेरा दुवै आँखा ठिक छन् म केवल अन्धोको नाटक मात्र गरिरहेको थिए । यती भनेर ऊ आफ्नो लक्ष्य हीन यात्रामा सदाका लागि हिँड्छ ।
इतिश्री
कृपया तपाइको प्रतिक्रिया कमेन्ट गरिदिनु होला ।