अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न बाध्य हुन्छौं – काङ्रेस नेता प्रदीप पौडेल

बिआरटीनेपाल २०७५ साउन २ गते ९:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न आफूहरू बाध्य हुने चेतावनी दिनुभएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले सो कुरा वताउनुभएको हो ।

नेता पौडेलले वर्तमान प्रधानमन्त्री ओली संविधानको ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुँदैन भन्ने व्यक्ति भएकोले र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यो संविधानको पूर्नर्लेखन गर्नुपर्छ भन्ने व्यक्ति भएकोले उनीहरू किन मिले ? भनेर सोध्न पाइने कि नपाइने भन्दै प्रश्न गर्नुभयो ।

वर्तमान सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट कब्जा गरेर थुनेको, आफू अनुकूल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाए पनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको, महँगीले आकाश छोएको लगायत जनजीविकाका थुप्रै मुद्दामा वर्तमान सरकार मौन रहेको उहाँको गुनासो छ । सभामुख र उपसभामुख एउटै दलबाट बन्नु संविधानविपरीत भएको भन्दै उक्त कदम तुरुन्त सच्याउनुपर्नेमा पौडेलले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय