अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 23:52

अमेरिकन सोसाइटी अफ नेपालिज इन्जीनियर्सको चुनाव सम्पन्न, अध्यक्षमा डा. कर्ण

बिआरटीनेपाल २०७५ असार २० गते २१:५६ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनीर्सको निर्वाचन हालै सम्पन्न भएको छ। संस्थाको केन्द्रीय कार्यसमिति र डी. सी. च्याप्टरको हालै सम्पन्न निर्वाचनको परिणामको घोषणा यही जुन ३० मा सम्पन्न भएको वार्षिक साधारण सभामा गरिएको छ।

नव निर्वाचित केन्द्रीय कार्यसमितिको अध्यक्षमा डा. उपेन्द्रलाल कर्ण (New Jersey), उपाध्यक्ष ठाकुर ढकाल (Virginia), महासचिव डा. सञ्जय गजुरेल (Ohio), सहसचिव डा. रबिन भट्टराई (Illinois), सञ्चार सचिव सृजना शर्मा (Georgia), कोषाध्यक्ष सूर्य थापा (Ohio) र निवर्तमान अध्यक्ष जगन्नाथ घिमिरे (Texas) हुनुहुन्छ। त्यसै गरी अमेरिका भरिबाट २३ जना सोसाइटी डाइरेक्टर समेत निर्वाचित भएका छन्। जसमा विभूति बराल (Pennsylvania), मदन बराल (Illinois), डा. आत्माराम भण्डारी (Texas), प्रदीप गजुरेल (New Jersey), डा. सुख गुरुङ (New York), ललित झा (Nebraska), योगेन्द्र जोन्छे (New York), डा. प्रकाश कैनी (Colorado), कन्हैयालाल कायस्थ (California), मङ्गल महर्जन (Maryland), डा. रमेश मल्ल (Connecticut), डा. जीवन निन्ग्लेखु (Pennsylvania), डा. आनन्द पौडेल (Colorado), छवि पाण्डे (Ohio), डा. विष्णु फुयाँल (Illinois), नारायण पोखरेल (Calgery, Canada) रामचन्द्र पौडेल (Massachusetts), डा. श्याम शर्मा (Oregon), अच्युत श्रेष्ठ (Arizona), राजेन्द्र श्रेष्ठ (Texas), डा. राजेन्द्र श्रेष्ठ (Texas), रामहरी थापा (Texas) र अन्जु उदास (Virginia) हुनुहुन्छ। निर्वाचन परिणामको घोषणा प्रमुख निर्वाचन आयुक्त डा. अम्बिकाप्रसाद अधिकारी (Arizona) ले गर्नुभएको थियो। पाँच सदस्सीय निर्वाचन आयोगको अन्य आयुक्तहरूमा मोहन बस्ताकोटी (Virginia), अजय ढकाल (Texas), डा. कौशल झा (Texas) र डा. उपेन्द्र पौडेल (Virginia) हुनुहुन्थ्यो।

यसै गरी नवनिर्वाचित डी. सी. च्याप्टरका अध्यक्ष उत्तम सेढाई (Virginia), उपाध्यक्ष सागर खड्का (Virginia), सचिव बिप्लेस निरौला (Virginia), कोषाध्यक्ष निश्चल मिश्र (Maryland), निवर्तमान अध्यक्ष डिल्लीरमण न्यौपाने (Virginia), सदस्यहरूमा सुनिता अमात्य (Maryland), सुधा भुषाल (Virginia), डा. सन्दीप प्याकुरेल (Virginia) र डा. पुष्कर रेग्मी (Virginia) हुनुहुन्छ। निर्वाचन परिणामको घोषणा च्याप्टरका प्रमुख निर्वाचन आयुक्त मङ्गल महर्जनले गर्नुभएको थियो। तीन सदस्यीय निर्वाचन आयोगको अन्य आयुक्तहरूमा निराजन अर्याल (Virginia) र डा. कृष्ण ढकाल (Maryland) हुनुहुन्थ्यो।

उक्त साधारणसभामा केन्द्रीय समितिका अध्यक्ष जगन्नाथ घिमिरे र च्याप्टरका अध्यक्ष डिल्लीरमण न्यौपानेले वार्षिक रिपोर्ट प्रस्तुत गर्दै सहभागीहरूलाई धन्यवाद र नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो भने नवनिर्वाचित केन्द्रीय समितिका अध्यक्ष डा. उपेन्द्रलाल कर्ण र च्याप्टरका अध्यक्ष उत्तम सेढाईले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो। दुवै कार्यसमितिको कार्यकाल २०१८ को जुलाईमा सुरु भई २०२० को जुनमा अन्त्य हुनेछ।

कन्फरेन्स कलको माध्यमबाट सम्पन्न भएको उक्त कार्यक्रममा अमेरिका र क्यानडाका विभिन्न राज्यका नेपाली इन्जिनियर र वैज्ञानिकहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सहभागीहरू बिच नेपाली इन्जिनियर र वैज्ञानिकहरूको सक्रिय सहभागिता बढाउन आवश्यक पर्ने कार्यक्रमहरू, वृत्ति विकास, सङ्गठन बिस्तार, पेसागत डेटाबेस निर्माण र नेपालको विकासमा संस्थाले दिनसक्ने योगदानहरूको विषयमा व्यापक छलफल भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका वर्तमान महासचिव ठाकुर ढकालले गर्नुभएको थियो।

प्रतिक्रिया