अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१
| Colorodo: 14:16
कविता –
देश त सिमापारी
देश बोकेर
आउने जाने हरू
सँग पो भेटिँदो रहिछ
सोधिन्छ आफन्त हरूको
सन्चो बिसन्चो
बढिन्छ मन सँग मन
आधा मुस्कान हाँसेर
पोखिन्छ केही खुसी
हुँदैन यहाँ ?
जातीय राजनीति
न हुन्छ भाषा,संस्कृतिको
पानी बाराबार
यहाँ त देश छातीमा
बोकेर बाँचिरहेका छन्
नेपाली भएर
हो देश त यहाँ पो भेटिँदो रहिछ ।
बर्षातमा तराई डुब्दा
पहाडमा पहिरो चल्दा
हिमालमा हिम पहिरो लड्दा
आधा गाँस काटेर
सम्झन्छन् देश
अनि बद्लामा पठाउछन
राहाद !
दिन्छन् एक आर्कामा
सान्त्वना
समय किनेर बेच्छन् श्रम
यहाँ आफै बाँच्न सिकेका छन्
छातीभरि देश बोकेर
हेर त ? ?
देशको माया को सँग धेरै छ ?
देश त देश बोकेर
आउने जाने हरू सँग पो
सिमापारी भेटिँदो रहिछ ।