अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 21:42

कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्न सघाउन मुनद्वारा पुटिनलाई आग्रह

बिआरटीनेपाल २०७५ असार १० गते ९:३७ मा प्रकाशित

रूसीे भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गराउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । 

आइतबार तीन दिन लामो भ्रमण सकी फर्किनुपूर्व सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफूले रूसी राष्ट्रपति पुटिनसँग उक्त कुरा राखेको बताउनुभयो । उहाँको राष्ट्रपतिका रूपमा रूसमा पहिलो भ्रमण हो ।

मुन शनिबार मेक्सिकोसँग दक्षिण कोरियाले खेलेको विश्वका खेललाई पत्नी किम जोङ सुककासाथ रहेर अवलोकन गर्नुभएको थियो । खेलमा मेक्सिकोले दक्षिण कोरियाली समूहलाई २–१ गोल अन्तरले हराएको थियो ।

भ्रमणका समय राष्ट्रपति मुनले रूसी राष्ट्रपति पुटिनलगायतका अन्य उच्च पदस्थ अधिकारीसँग पनि भेट गर्नुभएको थियो ।

भेटका क्रममा दुई नेताले रूस र दक्षिण कोरियाबीचको सम्बन्धलाई प्रगाढ बनाउने बिषयमा वार्ता भएको थियो । उहाँहरूबीच स्वतन्त्र ब्यापार सम्झौता गर्नका लागि पहल गर्ने कुरामा सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू