अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 17:47

कादम्बरी कुञ्ज सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ २४ गते ९:३९ मा प्रकाशित

काठमाडौँ, गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना शङ्कर थापा ‘स्माइल’को सङ्गीत र उदयराज पौडेलको एकल सङ्गीत संयोजनमा तयार भएको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्यतामा वरिष्ठ सङ्गीतकार दीपक जंगम, राजु सिंह, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घले लगायतको उपस्थितिमा गीतकार श्रेष्ठको ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको हो । डीएस म्युजिकका प्रबन्ध निर्देशक डीपी खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।

एल्बम निर्माणको क्रममा आफूले गरेका दुःखसुखको अनुभवहरूलाई सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले कार्यक्रममा सुनाएका थिए । कार्यक्रममा एल्बम विमोचनको साथमा तीन वटा भिडियो समेत सार्वजनिक गरिएको थियो । जसमा लैजाउन मलाई, आमा र शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन सङ्घलाई रु २१ हजार सहयोग स्वरूप प्रदान पनि गरेकी थिइन । कादम्बरी दाना श्रेष्ठको एकल रचना रहेको कादम्बरी कुञ्जभित्र शङ्कर थापाको एकल सङ्गीत र उदयराज पौडेलको एकल सङ्गीत संयोजन रहेको छ । एल्बमत्रि मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शङ्कर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेश छ ।

प्रतिक्रिया