आखॉहरूका ती सुन्दर फाँटहरूमा
हरेक बिहान ढकमक्क राता गुरॉसहरू फुलाउने बाचॉ गरिए
दिलका पाखॉहरूमा ढपक्कै विश्वासका
सुकिला पछ्यौरीहरूले ढाक्ने आशाहरू देखाइए।
ठुलो अपशोच त्यो हुन सकेन् !
लापरबाहीले थिचीएका आशाहरू
रद्दीका टोकरीहरूमा खॉद लाग्दै गए।
आश्वासनका ठुला खडेरीहरूमा
देखावटीका रोपाईहरू गए।
धान फल्नुको त कुरै जावस!
कहिल्यै बिरुवाहरूले जमराहरू पनि हालेनन्।
दृष्टिपात हुदॉ हुँदै, बिउहरू विलीन भए।
पवित्र सँकृती र सव्यताको हाट बजारहरू लागे।
होलसेलका माइकलहरू सधैँ तछाड मछाड गरी
मूल्य तोक्ने र किनबेचमै मस्त रहे।
दूधजस्ता झरनाहरू सधैँ कहालीएर रुम बाध्य भए।
पर्वत र शिखरहरू अमुक बनी भित्रै कापीरहे।
व्यस्तताको यो आहतले
नियमीता लियो, एउटा हैन, केही दशक पार गर्यो !
एक एक गरी देशका खम्बाहरू गुमायो।
स्वदेशको ऋम , परदेश भूमिमा पोख्न बाध्य भए।
खबर पढेर आज छातीहरू चिरिन्छन्।
नयनहरू सावन् बेकार कोलाहल गर्छन्।
आफ्नो र परिवारको एकछाक पेटभर्ने बाध्यता
अनि सुकिलो गुन्यु र कछाडले शरीर ढाँकने रहर
परिवारका अोठहरूमा असंख्य हाँसोहरू फर्काउने बॉचाहरू
एक एक गरी मीलाउदै , गुन्टा बोकेर
देशभक्तहरू तीरीभूवन बीमास्थलबाट उडन बाध्य भएरे।
खाडी देशहरूका ताता रापहरूमा
देशभक्तहरूका गन्तव्य छोटो समयमै रापीन थाल्छन्।
दृंढता एकादेशका काहानी हुन जान्छन ।
प्रयत्नहरू घाइते हुन्छन्।
प्रयणहरू सकाउँछन्।
बाध्यतामा शहनुपर्ने “बर्बता” माथि
परेलीहरू केवल सावनको रीतमा
हस्ताक्षर गर्छन् ।
मनहरू अनीद रात बनेर नेपथ्यबाट चित्कार्छन।
रीमीट्यान्स !! अनि लास”!!
रीमीट्यान्स !! अनि लास”!!
उफ़ ! अपसोच!
“अभाव”!, साधन स्रोतको हुँदै होइन।
परिचालन र कार्यान्वयनको “त्रुटि” हो ।
“कमज़ोरी !“ , सबल नेतृत्वको हो!
“दोष”! लालची संस्कारको हो।