अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 15:22

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

बिआरटीनेपाल २०७५ जेठ ६ गते २०:२९ मा प्रकाशित

इटहरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ ।

पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको रिपोर्ट प्र्राप्त गर्न हप्तौँ कुर्नु परिरहेको छ भने सबै किसिमको ल्याब रिपोर्ट प्राप्त गर्न पनि प्रविधि प्रणालीमा आएको खराबीले धेरै हैरानी ब्यहोर्नु परेको सेवाग्राहीले गुनासो गरिरहेका छन् ।

दैनिक दुई हजारभन्दा बढी नयाँ सेवाग्राही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान पुग्ने र सामान्य रगत जाँचदेखि मिर्गौलासम्बन्धी जाँचको रिपोर्ट लिन हप्ताँै कुर्नुपर्ने बाध्यात्मक अवस्थाले सेवाग्राही अधिक मर्कामा परिरहेको आफूहरूले पनि टुलुटुलु हेरिरहनु परेको सूचना अधिकृत सुजेन्द्र तामाङले स्वीकार गर्नुभयो । उहाँले व्यवस्थापकीय कमजोरीले गर्दा त्यस्तो बेथिति मौलाएको हो भन्नुभयो ।

टाढा टाढाबाट उपचार सेवा लिन आएका सेवाग्राहीले हप्ताँै धाउनु पर्ने बाध्यात्मक अवस्थाले प्रतिष्ठानको चिकित्सकीय सेवाप्रति यो पछिल्लो व्यवस्थापन ज्यादै उदासिन देखिएको पाइएकोमा आम सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू