टेक्ससको दक्षिणपुर्बमा स्थित शान्ता फे सहरको हाइस्कुलमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ् । उक्त कुराको जानकारी हरिश काउन्टीका सेरिफ एड गोन्जालेजले दिएका छन् । कम्तीमा १२ जना घाइतेलाई नजिकैको ३ वटा अस्पतालमा राखिएको छ भने, सुटिङमा एक जना प्रहरी जवान पनि घाइते भएका छन् । एक प्रत्यक्षदर्शी अनुसार बन्दुकघारी विद्यार्थी आर्ट कक्षामा आएर अन्धाधुन्ध गोली चलाउन थाल्यो । उक्त हाइस्कुलमा १४०० विद्यार्थीहरु अध्ययनरत छन । गोलि कान्डमा दुई जना विद्यार्थीको संङ्गलता रहेको छ ।
अमेरिकाको स्कुलमा बितेको ८ दिनमा यो तेस्रो पटक गोली चलेको हो । यो वर्षको सुरुवातमा अहिले सम्म २२ चोटि गोली चलिसकेको सञ्चार संस्थाहरुले जनाएका छन् । एक जना बन्धुकधारी जो विद्यार्थी थिए भागेर स्कुल देखी ४० माइल टाढा पुगेका थिए उनलाई पुलिसले हिरासतमा लिएको छ भने अर्को बन्दुकदारीलाई खोजी रहेको छ । स्कुल नजिकै बम तथा सामान पाएको शान्ता फे पुलिसले ट्विट गरेको छ् ।
फोटो: सिएनएन