अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९
| Colorodo: 14:04
भक्तपुर, अमेरिकाकी चिकित्सक टोलीले शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई करीब रु १५ लाख बराबरको मुटुको शल्यक्रियामा प्रयोग हुने सामग्री आज हस्तान्तरण गरेको छ ।
अमेरिकाको कार्डियोस्टार्ट इन्टरनेशनलबाट आउनुभएका डा इमिली फाल्र्कास, डा डेभिड क्याकलफलिन, डा खालिद शेखलगायतको टोलीले केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरेको हो । टोलीले मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने रु २५ हजारदेखि ७० हजारसम्मका सामग्री हस्तान्तरण गरेको हो ।
एक साताका नेपाल बसाइमा टोलीले केन्द्रका मुटुरोग विशेषज्ञ टोलीसँगै मुटुका तीन शल्यक्रिया गरेको डा श्रेष्ठले जानकारी दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले वर्षमा दुई पटक नेपाल आउने गरेको टोली अब वर्षमा चार पटक नेपाल आउने भएको छ ।