अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 06:28

कुवेतबाट गुम्बा निर्माणका लागी सहयोग

बिआरटीनेपाल २०७४ चैत २६ गते २१:२२ मा प्रकाशित

कुबेतका नेपालीद्वारा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा गुम्बा निर्माणका लागि पहल थालिएको छ । कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम रु दुई लाख ९९ हजार ७९१ गुम्बा निर्माण समितिलाई प्रदान गरिएको हो । कुवेतमा रहनुहुने अमृत गुरुङको विशेष पहल तथा सहयोगमा संकलित रकम गुम्बा निर्माणका लागि गठित (बौद्ध समाज नेपाल)समितिका अध्यक्ष अमृत श्रीसलाई प्रदान गरिएको थियो ।

सबैमा धार्मिक भावना जागृत गराई आत्मशान्तिका लागि गुम्बा निर्माणमा जुटेको अमृत गुरुङका बताउनुभयो । गुम्बा केवल बौद्ध धर्मावलम्बीको मात्रै नभएर सबै जाति, धर्म र समुदायको रहने भएको हुँदा यसमा सबैको सहयोग रहेकाले पनि आफूलाई थप हौसला मिलेको गुरुङले उल्लेख गर्नुभयो ।

दुई कट्ठा क्षेत्रफलमा रहने गुम्बाको निर्माणका लागि बुद्ध जयन्तीको अवसर पारी आउँदो वैशाख १७ गते मूर्ती स्थापित गरी शुभारम्भ गरिने समितिका सचिव सन्तु गाहाले जानकारी दिनुभयो । गुम्बाले यस क्षेत्रको समग्र परिचय र धार्मिक प्रवर्द्धनमा टेवा पुर्याउने समितिले विश्वास लिएको छ । 

प्रतिक्रिया