अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४०
| Colorodo: 13:55
न्यु योर्क। अमेरिकाको न्यूयोर्कस्थित ‘ट्रम्प टावर’मा आगलागी भएको छ । आगलागीमा परेर एकजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी भवनको ५० औँ तलामा बस्दै आएको अधिकारीहरूले जनाएका छन् । गम्भीर घाइते अवस्थामा अस्पताल लगिएका उनको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगलागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ ।