अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४
| Colorodo: 11:19
अमेरिकाको टेक्सस राज्य स्थित अस्टिनमा बम बिस्फोट भएको भएको छ । अस्टिन ट्राभिस काउन्टीले दिएको खबर अनुसार मंगलबार साँझ सो घटना भएको हो ।
प्राप्त सुचना अनुसार बिस्फोटमा १ जना पुरुष मात्र घाईते भएका छन् । उपचारका लागि अस्पताल पुर्याईएका उनि खतरा मुक्त रहेका छन् । यस बिस्फोटले ठुलो मानविय क्षती हुन नपाएपनि पछिल्लो समय भै रहेका लगातारका बिस्फोटले त्यहाँका नागरिकलाई भने आतंकित पारेको छ ।
यस अघि पनि सान एन्टोनियोमा फेडेक्स समान पठाउने केन्द्रको नजिक बिस्फोट भएको थियो जसमा २ जना ब्यक्तीको ज्यान जानुका साथै ४ जना घाइते भएका थिए । अस्टिन अधिकारीहरुका अनुसार केहि दिन देखि क्रमिक रुपमा बम बिस्फोटन गर्नेको व्यापक खोजि भै रहेको छ ।
फोटो: गुगल सर्च