अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 21:53

पूर्व प्रधान मन्त्री प्रचण्डद्वारा गणतन्त्र स्मारकको अवलोकन

बिआरटीनेपाल २०७४ फागुन २४ गते ११:३८ मा प्रकाशित

cWoIf bfxfn u0ftGq :df/s cjnf]sg
g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf Pjd k”j{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú laxLaf/ ;fFem gf/fo0flx6L b/af/ ;+u|xfno kl/;/df lgdf{0f ul/Psf] u0ftGq :df/ssf] cjnf]sg ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

आज साँझ नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री हुँदा यही परिसरभित्रै स्मारक बनाउनुपर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रूप पाउँदा खुसी लागेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “मैले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएको बखत यही परिसरभित्रै संरचना बनाउन खोजेपनि विविध कारणले रोकिएको थियो, पछि हाम्रै पार्टीको नेतृत्वमा सरकार बनेको बेला यो संरचना बन्ने प्रक्रिया अगाडि बढ्यो ।”

अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आएका सबै पाहुना र अन्तर्राष्ट्रिय व्यक्तित्वले नेपाल आएको बेला हेर्नै पर्ने संरचनाको रूपमा यसलाई विकास गरिनुपर्ने बताउँदै गणतन्त्रका निम्ति निकै ठुलो आन्दोलनको नेतृत्व आफूले गरेको तथा हजारौँको बलिदान र लाखाँैको योगदानपछि नेपालमा गणतन्त्र आएकाले यो स्मारकको महत्त्व ऐतिहासिक रहेको धारणा व्यक्त गर्नुभयो ।

स्थिरता र विकसित नेपालको परिकल्पना गरेर रगत बगाएका शहीद तथा बेपत्ता व्यक्तिको सपना साकार भएको महसुस स्मारकमार्फत आफूले अनुभति गरेको बताउँदै उहाँले स्मारकलाई अझ विस्तार र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । 

पैतीस रोपनीमा रहेको सो स्मारक गणतन्त्र स्थापनाका लागि भएका शहीद, बेपत्ता तथा घाइतेको सम्झनामा निर्माण गरिएको हो । निर्माण कम्पनीका परियोजना निर्देशक रोशन श्रेष्ठले रु ४० करोड लगानीमा स्मारक तयार भएको जानकारी दिनुभयो ।

विसं २०६९ मङ्सिर २२ गते स्मारक निर्माणसम्बन्धी ठेक्का भएको थियो । केही दिनमै स्मारकको जिम्मा सरकारलाई दिइने परियोजना निर्देशक श्रेष्ठले बताउनुभयो । 

तस्बिर:रत्न श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू