अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 14:29

‘के एल मोबाइल मेला’ सकिए पनि ‘बाइ वान गेट वान फ्री’ र ‘एक्सचेञ्ज अफर’ कायमै

बिआरटीनेपाल २०७४ फागुन २३ गते ६:१८ मा प्रकाशित

केएल मोबाइल हबले सञ्चालन गरेको मोबाइल मेला बुधबारदेखि सकिएको छ । मोबाइलका पारखीलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्य सहित हबले फागुन १ गतेदेखि मोबाइल मेला आयोजना गरेको थियो ।

मेला सकिए पनि २ वटा अफरहरुलाई भने मोबाइल हबले निरन्तरता दिएको छ । मोबाइल मेलाले अपेक्षा अनुसार सफलता पाएको मोबाइल हबले बताएको छ । मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मोबाइल मेला सकिए पनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने छ ।

त्यसै गरी मोबाइल एक्सचेञ्ज अफरलाई पनि केही समयका लागि निरन्तरता दिइएको ग्लाइडरले बताए । ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् ।

फागुन १६ गतेसम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालन गरिएको थियो ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् । अधिकांस ब्राण्डले मोबाइल हबमा नै टच एन्ड फिल काउन्टर समेत सञ्चालन गरिरहेका छन् । मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवा पनि उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू