अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१
| Colorodo: 21:46
सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर ग्रुपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।
प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो ।
आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ ।
साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे/नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ ।