भारतिय ईतिहासमा स्कुले बिद्यार्थीका लागि पुस्तक लेख्ने पहिलो प्रधानमन्त्री बने मोदी
बिआरटीनेपाल२०७४ माघ २१ गते ६:५२ मा प्रकाशित
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लिखित पुस्तक “इक्जाम वारियर” बिमोचन गरिएको छ । विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश मोदीको पुस्तक “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) शनिबार भारतको ‘पेन्गुइन ¥यान्डम हाउस’मा सार्वजनिक गरिएको हो ।
भारतीय ईतिहासमा नै प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो । भारतको ‘पेन्गुइन ¥यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो ।
विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ ।
भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो दवाव बेहोर्नु परेको र कति बिद्यार्थीले आत्महत्या समेत गर्ने गरेको अवस्थामा मोदीको पुस्तकले बिद्यार्थीको आत्मबल र शैक्षिक ज्ञान बृद्धि गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।