जापानमा एक बृद्धाश्रममा आगलागी हुँदा ११जनाको मृत्यु
बिआरटीनेपाल२०७४ माघ १८ गते ४:२९ मा प्रकाशित
उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो ।
उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको छ ।
न्युन आय भएका व्यक्तिको लागि बनाइएको सो बृद्धाश्रममा अकस्मात आगलागी सुरु भएको र त्यसमा परी ११ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ ।
स्थानीय संगठनको सहयोगमा सञ्चालनमा रहेका १६ वटा बृद्धाश्रम राखिएका आवासीय भवनमध्ये एकबाट सुरु भएको सो आगलागीमा परी आठ जना पुरुष र तीन महिलको मृत्यु भएको थियो ।
आगलागीपछि अन्य पाँचवटा आवासीय भवनबाट भाग्न खोजेका व्यक्तिहरु भने सामान्य रुपमा घाइते भएका बताइएको छ ।
सो आगलागी बुधबार राति स्थानीय समयाअनुसार ११ः४२ मा सुरु भएको बताइएको छ । (रासस)