ग्रेटर वाशिंगटन तमु समाजको आयोजनामा अमेरिकाको भर्जिनियामा खी ल्हो ( तमु ल्होशार ) २०१ ८ भब्यताकासाथ सम्पन्न भयो। अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्की ( पि. एच. डी. ) कार्यक्रमको प्रमुख अतिथी थिए।
पानसमा बत्ती बालेर गरिएको ऊदघाटन पश्चात प्रमुख अतिथीको मन्तव्यमा राजदुत डा. कार्कीले भने – प्रबाशमा पनी नेपालको गुरुङ भेष, भुषा प्रस्तुती सहितको नेपालको संस्कृती सम्बर्धनमा तपाईहरुले गर्नुभएको यो राम्रो कामको प्रशंसा गर्दै नेपाल सरकार तथा नेपाली दुतावासको तर्फबाट ग्रेटर वाशिंगटन तमु समाजलाई धन्यबाद छ र यस्तो नेपालको संस्कृती चिनाउने यस्तो कार्यक्रमले हालका स-साना केटाकेटीको पछिल्लो पिंढी लाई नेपाल बारे राम्रो प्रभाब पर्दछ ‘ ।
ग्रेटर वाशिंगटन तमु समाजका निबर्तमान अध्यक्ष तथा ल्होशार-संयोजक नन्द गुरुङको स्वागत मन्तब्य पछी ८२ बर्षिय टिकाराम गुरुङ अर्का एक मात्र बक्ता थिए। न्युयोर्क देखी आएका ग्याल साम्बो समाज ( मनाङ्ग समाज ) का महासचिब याङ्गचुङ्ग फुनेल, तामांग समाज, थकाली समाज लगायत डिसी यरियाका संघ, संस्थाका अध्यक्षहरु लगायतका अतिथीहरुलाई गुरुङ महिलाको पहिरन गुन्यु, चोलो, निलो पटुका, हरियो पोते, घलेक लगाएका हेर्दा आकर्षक गुरुङ चेलीहरु मनमाया दाहाल गुरुङ, लुमा गुरुङ र सृजना गुरुङको टोलीले खादा ओडाएर
स्वागत गरेका थिए।
नेपालको र अमेरिकाको रास्ट्रिय गानबाट शुरु गरिएको भब्य स्वागत समारोहमा स्कुल, कलेज ग्राजुयेट गरेका गुरुङ समुदायका बिध्यर्थीहरुलाई सम्मान गरिएको थियो। ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा स्वागत समारोह सम्पन्न भएको थियो।
दोश्रो चरणमा जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल, लोक गायक राम प्रसाद खनाल, दोहोरी गायीका मंजु पुन समेत स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम मध्य रातको १२ बजे सम्म चलेको थियो।
गुरुङ समुदायमा दुख र सुख पर्दा गरिने सेरु भनिने सेर्का नृत्य कार्यक्रमको सबै भन्दा आकर्षक प्रस्तुती थियो। सेर्का नृत्य तमु समुदायको एक मुख्य संस्कृती हो – ग्रेटर वाशिंगटन तमु समाजका एक बुद्धिजिबी प्रेम गुरुंगले बताए। मनमाया दाहाल गुरुङ बबीले सांस्कृतिक कार्यक्रमको संयोजन गरेकी थिईन्।
नास्ता स्न्याक्स, रात्रिभोज र पे बार को पनी ब्यबस्था गरिएको यस तमु ल्होशार-कार्यक्रममा करिब ४०० जती नेपालीहरु ऊपस्थित यस कार्यक्रमको BRTnepal.com बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।