अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 10:51

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई थप तीन बर्ष जेल सजाँय

बिआरटीनेपाल २०७४ पुष १५ गते ७:०५ मा प्रकाशित

इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । 

अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजाँयका लागि आदेश दिएको छ ।

मुद्दाका प्रतिवादी मोर्सी तथा उहाँको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो । उनीहरूले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ ।

पूर्व राष्ट्रपति मोर्सीलाई सन् २०१२मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० बर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ बर्ष जेल सजाँय तोकिएको थियो ।

इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय नेता अहिले कैदी जीवन विताउँदै आएका छन् । केही उच्च पदस्थ नेतालाई हिंसा गर्न उत्तेजित गरेको, इजिप्टका जासुस सदस्यको हत्या गरेको तथा जेलबाट भाग्न प्रेरित गरेको आरोपमा लामो जेल सजाँय तोकिएको छ भने केही अन्यलाई पुनरावेदन गर्न मिल्ने गरी मृत्यु दण्डको सजाँय सुनाइएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू