कमला मिल्स मुम्बइमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १४ ,१२ जना घाइते
बिआरटीनेपाल२०७४ पुष १४ गते ३:२६ मा प्रकाशित
भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रवार बिहानैदेखि भएको लागलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रवार जानकारी दिएको छ । यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरूको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी दिनुभएको छ ।
यस आगलागीमा १४ जनाको मृत्यु भएको र १२ जना घाइते भई उक्त अस्पतालमा उपचाररत रहेको सुपेले बताएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ । आगालगी नियन्त्रणमा लिन दुर्घटनास्थलमा छ वटा दमकल पुगेका र आगो पूर्ण रूपमा निभाउन नसकिएको बिहान जनाइएको थियो । तर मध्यान्ह्सम्ममा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
आगलागीको कारण पत्ता लागेको छैन । प्रहरीले सो कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएका व्यक्ति को हुन् भन्ने बारेमा पनि खुलाइएको छैन ।आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकटगर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरूको छिटै स्वास्थ्य लाभ होस– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको भएको छ । (रासस)