अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३
| Colorodo: 06:08
संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रियरुपमा प्रतिबन्ध लगाएको समाचार छ । ती अधिकारीेले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।
उनीहरुलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिश पनि गरेको थियो । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्तावमा सूचिकृत पनि संयुक्त राष्ट्रसंघले नै गरेको थियो ।
यसअघि संयुक्त राष्ट्रसंघले शुक्रबार मात्र पनि अरु केही उत्तर कोरियालीमाथि यस्तैखालको प्रतिबन्ध लगाएको थियो ।
उत्तर कोरियाका नेता किम जङ उनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा यी अधिकारी साथमै रहेको तस्विर सार्वजनिक भएको थियो । ती अधिकारीमा किम जङ सिक र रि प्योङ चोल भएको सो समाचारमा जनाइएको छ ।