जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । फोहोर पानीका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २० जनाको मृत्युभएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।
हैजाको सङ्क्रमण भएका थप २९ जना विरामी गत बुधबार अस्पतालको सम्पर्कमा आएका थिए । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७६० पुगेको जनाएको छ ।
यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
ती मध्ये ५७ जनाले मात्रै अहिले अस्पतालमा उपचार गराइरहेका छन् । त्यस बाहेक अन्य सवैजना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ । (रासस)