पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ अमेरिकाको डिसीमा साँस्कृतिक साँझ हुने
बिआरटीनेपाल२०७४ मंसिर २८ गते १:५२ मा प्रकाशित
विजय थापा – अमेरिका, १४ डिसेम्बर
पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको र उपचारमा निकै खर्च लाग्ने भएकोले डीसी महानगर क्षेत्रका नेपाली समुदायले आफ्ना प्रिय कलाकारको लागि खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गर्न एक जुट भएका छन् l
कलाकार बिष्ट को प्रत्यारोपण गर्न आवश्यक भएको छ भने कलाकार विष्ट हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । गत डिसेम्बर ११ तारिख आईतबार साँझ भर्जिनियाको स्यानटीलीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )को पहलमा आयोजना गरिएको कार्यक्रममा डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेलाले आगामी जनवरी २० तारिख कार्यक्रम गर्ने निर्णय गरेको छ l
कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामा ले कार्यक्रममा सबैले मिलेर कलाकार बिष्टलाई सहयोग गर्नु पर्ने भएकोले सबैलाई एक जुट हुन् आग्रह गरेका छन् l उनले कार्यक्रममा टिकट दर $ २५ डलर राख्ने योजना रहेको छ भन्दै विशेष(भिआईपी ) $ ५० र $ १ सय डलर दरका टिकट पनि राखिने जानकारी गराए l यसको साथै कार्यक्रमको लागि अमेरिकामा रहेका नजदिकका राज्यहरुबाट समेत कलाकारहरु आएर निशुल्क प्रस्तुति गर्ने समेत बताए l
उनले अगाडी भने कलाकारलाई जीवित अवस्थामा सहयोग र सम्मान गर्नु पर्छ भन्दै इनास ७० वटा देशमा छरिएर रहेकोले संसार भर वरिष्ट कलाकार पप सम्राट लाई सहयोग गर्न सकिने बताए l
इनास अमेरिकाका सल्लाहकार हरि शर्माले कलाकार राष्ट्रका गहना हुन् यो हाम्रो सबैको दायित्व भएकोले कसरि यसलाई सफल बनाउन सकिन्छ त्यसैले समाजका अगुवाहरुको राय परामर्श लिन बोलाएको बताए l सबै भन्दा ज्यादा खर्च कार्यक्रम स्थलको लागि पर्ने भएकोले त्यो पनि निशुल्क गराउने प्रयास रहेको शर्माले जानकारी गराए l
कार्यकममा स्वयम कलाकार पप सम्राटले न्युयोर्क बाट समेत प्रत्यक्ष रुपमा ज्यादा बोल्न नसकेता पनि ईनेप्लिज को सामाजिक संजाल फेस बुक (मुहार पुस्तिका )को प्रत्यक्ष प्रसारण बाट बोलेका थिए l कलाकार बिष्टले सबैबाट सहयोग आई रहेको बताउदै इनासले गर्न लागेको कार्यक्रम लाई शुभकामना दिएका छन l उनले अगाडी भने अमेरिकामा प्रत्यारोपण गर्न कैयौ बर्ष पर्खनु पर्ने भएकोले भारत जाने तयारीमा रहेको जानकारी समेत गराए l
कलाकार बिष्टको लागि गो फन्ड लगायत व्यक्तिगत रुपमा तथा संघ/संस्थाले पनि आर्थिक सहयोग जुटाई रहेका छन् l कार्यक्रममा सहभागीले सुझाव र सल्लाह दिनु को साथै केहि जिज्ञाशा समेत राखेका थिए l आगामी जनवरी २० तारिखमा हुने कार्यक्रमलाई अपार सफलता बनाउन एक जुट हुनु पर्ने र सबैले लाग्नु पर्ने कुरामा डीसी का नेपाली समुदायले सहमति जनाएका छन l
यसको साथै रचनात्मक कुराहरु को साथै इनास ले पनि आर्थिक कोष वृद्धि गर्न गो फन्ड खोल्न सक्ने को साथै टिकट किन्ने ले पनि थप सहयोग गर्न चाहेमा गर्न सक्ने कुरामा छलफल समेत गरिएको थियो l