अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८
| Colorodo: 21:03
काठमाडौं क्षेत्र नम्बर १० फर्पिंग छैमलेको भण्डारखर्कमा कम्युनिष्ट कार्यकर्ताले गरेको आक्रमणमा ५ जना कार्यकर्ता गम्भिर घाईते भएका छन् । कांग्रेस नेता राजन केसीको बलियो पकड रहेको सो क्षेत्रमा बुधबार मध्यरातमा भएको आक्रमणबाट लोकतान्त्रिक गठबन्धनका ३ जना तथा कम्युनिष्ट गठबन्धनका २ जना गम्भिर घाईते भएका हुन् ।
धरिलो हतियार समेतको प्रयोग गरि भएको सो आक्रमणको लोकतान्त्रिक गठबन्धनले घोर भर्सना गरेको छ भने कांग्रेस समर्थक स्थिानिय र अन्य क्षेत्रका ब्यक्तीहरु राजन केसीको जीत निस्चित भएपछि कम्युनिष्ट कार्यकर्ताले निन्दनिय कायरताको संज्ञा दिंदै आक्रोश ब्यक्त गरेका छन् ।