अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८
| Colorodo: 07:13
मतदान हुँदा हुँदै मतदान केन्द्रमा बम फेला परेपछि त्रसित ललितपुर क्षेत्र नम्बर १ को प्याङगाउँ मतदान केन्द्रमा मध्यान्ह पछि मतदाताको चाप पढेको छ । बिहान ९ बजे प्याङगाउँ मतदान केन्द्रमा २ वटा बम फेला परेपछि सो क्षेत्रका फोट हाल्न बाँकी मतदाता डरले मतदान गर्न नगएका हुन् ।
२ वटा बम मध्य एउटा सुतली बम रहेपनि अर्को नक्कली बम रहेको र ९ बजेर २० मिनेटमा नै सुतली बम निष्कृय गरेको नेपाली सेनाको टोलीले जानकारी गराएपनि मतदाता त्रसित हुँदा कम भएको मतदाताको चाप मध्यान्ह पछि बढेको छ ।
१९ सय ४ जना मतदाता रहेको प्याङगाउँ मतदान केन्द्रमा यति बेला भने मतदाताको उपस्थिती बाक्लो छ ।