अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५
| Colorodo: 09:20
चीनमा प्रतिलिपि अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरूले बन्द गरिदिएका छन् । प्रतिलिपि अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिङ्क पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् ।
प्रतिलिपि अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरूले यसै वर्षको जुलाईमा सुरु गरेका हुन् । चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपि अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् । (रासस÷सिन्ह्वा)