अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५
| Colorodo: 05:00
जग्गाको अंशसम्बन्धी विषयलाई लिएर आफ्नै बाबुको हत्या गरेको अभियोगमा २ छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहानै ५ बजे बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई उनकै छोराहरु सुशील र सुनिल महतोले हत्या गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको हो ।
मृतक हिरालालका दुई छोरा शुशिल र सुनिलले बाँसको भाटाले टाउको लगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएका उनलाई जिल्लास्थित कलैया अस्पतालमा लगिएको थियो तर त्यहाँ उनको उपचार हुन नसक्ने अस्पतालले बताएपछि वीरगञ्जस्थित हेल्थकेयरमा पुर्याईएको थियो । उपचारका क्रममा हिरालालको बिहान ९ ४५ बजे मृत्यु भएको हो ।
अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको छ भने हिराललाल महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।