अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 20:56

‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ साहित्यकार गोवर्धन पूजालाई

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते १०:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको पहलमा साहित्यकार सुशील नेपालले आफ्ना मातापिताको नाममा स्थापना गर्नु भएको “राजमित्र स्मृति प्रज्ञा पुरस्कार” यस पटक साहित्यकार गोवर्धन पूजालाई प्रदान गरिने भएको छ |

अमेरिकी डलर दुई सय पचास नगद सहित सम्मान पत्र रहेको उक्त पुरस्कार अमेरिकाको बोष्टन लाई कार्य क्षेत्र बनाई साहित्यिक सिर्जना गर्ने र सिर्जना गर्न उत्प्रेरित गर्ने साहित्यकारलाई प्रदान गर्ने गरिन्छ | यसअघि साहित्यकार भारती गौतम र दिनेश राजभण्डारीलाई प्रदान गरी सकिएको यो पुरस्कार पूजालाई आगामी महिना बोष्टनमा आयोजना गरिने लक्ष्मीजयन्तीमा प्रदान गरिने छ |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रित महासचिव समेत रहेका गोवर्धन पूजा अमेरिकामा रहेर सक्रिय सिर्जना गर्ने सर्जक मध्यमा गनिन्छन | उनका पीडा अवतार, वाचाल ओठहरू ,प्रेम अवतार, अनामनगरकी अम्विका लगायतका कविता कृति सहित कथा, गज़ल, उपन्यास विधाका नौ कृति प्रकाशित छन् | राष्ट्रिय कविता महोत्सव सहित एकदर्जन कविता प्रतियोगतामा पुरस्कृत भइसकेका साहित्यकार पूजाले नेपाल सरकारले प्रदान गर्ने “युवावर्ष मोति पुरस्कार”, भानुमोति पुरस्कार , नारायणी बांगमय पुरस्कार, अनेसास गीता खत्री सर्वोत्कृष्ट गज़ल पुरस्कार, भानुभक्त लेखन पुरस्कार, गज़लश्री सम्मान, नवकविता पुरस्कार लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् |

नेपाली साहित्य र भूगोल विषयमा एम एम गरेका पूजाले नेपालमा हुदाँ कलेजमा प्राध्यापन गर्नुका साथै अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा आठ वर्ष वरिष्ट उप-सम्पादकको जिम्मेवारी पनि लिएका थिए | उनका सिर्जमा माथि त्रिविको नेपाली विषयका विद्यार्थीले शोध ग्रन्थ पनि तयार परिसकेका छन् |

अनेसास बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदी, पूर्वअध्यक्ष हरिप्रसाद काफ्ले, तथा दिनेश राजभण्डारीको त्रिसदस्यीय निर्णायक समितिबाट यो निर्णय गरिएको हो |

 

प्रतिक्रिया