गैर आवासीय नेपाली सङ्घ अमेरिकाले कनेक्टिकट च्याप्टरको नव निर्वाचित दोस्रो कार्यसमितिलाई अक्टोबर ८ आइतबारका दिन एक समारोहका बिच पदभार हस्तान्तरण गरिएको छ । गत सेप्टेम्बर ५ र ६ तारिखमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा घनश्याम खड्का सहित अन्य सर्वसम्मत निर्वाचित पदाधिकारीहरुलाई पदभार हस्तान्तरण गरिएको हो ।
कार्यक्रमा नव निर्वाचित अध्यक्ष घनश्याम खड्काले गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उत्तरपुर्वी उपाध्यक्ष रामकुमार सुवेदी तथा सचिव होमनाथ गौतमको उपस्थितिमा अन्य नव निर्वाचित पदाधिकारीलाई शपथ खुवाउनु भएको थियो भने निवर्तमान कार्य समितिको प्रतिधिले नव निर्वाचित कार्य समितिलाई पद तथा दायित्व हस्तान्तरणा गर्नुभएको थियो ।
उपाध्यक्ष सुवेदीले च्याप्टर स्थानीय सङ्घ संस्थाको प्रतिस्पर्धी नभई सहयोगी भएको र राजनैतिक जुत्ता खोलेर मात्रै सामाजिक सङ्घ संस्थामा लाग्न आग्रह गर्नु भयो भने सचिव गौतमले शुभकामना दिँदै केन्द्रले च्याप्टरलाई सक्दो सहयोग गर्ने प्रतिवद्घता जाहेर गर्नुभयो । कनेक्टिकट नेपाली समाज(नेकोन)का कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सबै सङ्घ संस्था र नेपालीहरूको प्रमुख आवश्यक्ता बहुउद्देश्यीय सास्कृतीक भवन भएकाले सबै मिलेर लाग्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा शुभकामना दिँदै एस.एन.ए ब्रान्डफ्र्रोेडका अध्यक्ष रामचन्द श्रेष्ठले संस्थाहरू कार्य र नतिजामुखी हुनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवंम निर्वाचित अध्यक्ष घनश्याम खड्काले आफूहरू स्थानीय सङ्घ सस्थाको सहयोगी भएरलाग्ने तथा तत्काल एन आर एन कार्डको लागि केन्द्रसँग पहल गर्ने बताउनुभयो ।
नव निर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनेहरुमा स्थानीय नेपाली एभ्रेस्ट सेन्ट्रनियल हाडफोर्ड कन्ट्रि लायन्स क्लबका अध्यक्ष राज श्रेष्ठ, कनेक्टिकट नेपाली समाज(नेकोन)का प्रमुख सल्लाहकार प्रतिनिधि कृष्ण अधिकारी,सल्लाकार भद्रेश्वर शर्मा, आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व बोर्ड अफ डाईरेक्टर लक्ष्मी बजगाई हुनुहुन्थ्यो ।