अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटीले आसन्न चुनावका ऊमेद्वारहरुसंग साक्षत्कार गर्ने भएको छ । सन् १९६७ मा स्थापित अमेरिकाबासी नेपालीहरूको सबैभन्दा जेठो संस्था ( ANS )ले शनिवार वासिङ्टन डिसी ऊमेद्वारहरुसंग साक्षत्कार गर्ने भएको हो ।
नेपालका लागी अमेरिकी राजदूत र युएस आर्मीका कर्नेल जस्ता अमेरिकाका विशिष्ट व्यक्तिहरूले आज भन्दा पचास वर्ष अघि १९६७ मा स्थापना गरेर बिस वर्ष सम्म अमेरिकनहरुले मात्रै चलाएको र अमेरिकी गुप्तचर संस्था सी आई ए को प्रमुख पनि अध्यक्ष भइसकेको नेपाली संस्था अमेरिका नेपाल सोसाइटी ( ANS ) नर्थ अमेरिका महादेशकै सबैभन्दा पहिलो नेपाली संस्था हो ।
यही अक्टुबर ८ तारिख आइतबारका दिन म्यारिल्याण्डको बेल्स्भिल स्थित वासिङ्टन डिसी यरियाको
नेपाली मन्दिरमा अमेरिका नेपाल सोसाइटीको नयाँ कार्यसमितिको चुनाव हुँदैछ। नयाँ कार्यसमितिको अध्यक्ष पदमा प्रेम पौडेल र प्रभा देउजाले उम्मेदवारी दिएका छन्।
बरिस्ट उपाध्यक्षमा सुर्जित अर्याल र म्यारिल्याण्ड युनिभर्सिटीका प्राध्यापक डा। विष्णु घिमिरे ऊठेका छन्।
अक्टुबर ८ तारिख आइतबार बिहान ८ बजे देखी बेलुकी ५ बजे सम्म हुने मतदानमा दुई हजार भन्दा बढ्ता
मतदाताहरुले मन्दिरमा मतदान गर्दैछन्।
ऊम्मेद्वारहरुको भावी एजेन्डाहरु बारे ( अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्षहरुको तर्फबाट खेम भट्टचनले
ऊम्मेद्वारहरुसंग गर्ने यो छलफल ( कार्यक्रमको डिसीनेपाल डट कम् , ईनेप्लीज डट कम् र बि आर टी नेपाल डट कम् ले
आज शनिवार साढे दुई बजे पछि प्रत्यक्ष प्रसारण गर्ने भएका छन्।
कार्यक्रमको बिआरटी नेपाल डटकम, डिसीनेपाल डट कम र ईनेप्लीज डटकमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
जमघट स्थल यहाँ तोकिएको छ
कार्यक्रमबारे थप जानकारीका लागी:-