अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८
| Colorodo: 05:43
अमेरिकाको लास भेगसमा भीषण गोली चल्दा ५० जनाको ज्यान गएको छ भने २०० भन्दा बढि मानिस घाईते भएका छन् । लास भेगस स्थित म्यान्डले बे कसिनो नजिकै सांगितीक कार्यक्रममा सहभागी हुन पुगेका दर्शकहरुलाई लक्षित गरी चलाईएको गोलीबाट ५० जनाको ज्यान जानुका साथै ठुलो संख्यामा मानिसहरु घाईते भएका हुन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार म्यान्डले बे कसिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो।आईतबार राती १० बजे अन्धाधुन्ध गोली चल्न थालेपछि वातावरण तात्रपुर्ण बनेको थियो । १०० राउण्ड भन्दा वढि गोली चलाईएको सो घटनमा गम्भिर घाईते हुनेहरुको संख्या पनि ठुलो रहेको जनाईएको छ ।